RIMESH ADHIAKRI

वि.स २०५७ सालमा नेपाली चलचित्र उघोगमा डान्सरको रुपमा प्रवेश गरेका रिमेश अधिकारी २०० भन्दा बढी स्टेजमा डान्स गरिसके पछि म्यूजिक भिडियोमा मोडल कलाकार भएर ३ दर्जन म्यूजिक भिडियोमा अभिनय गरे पश्चात चलचित्र सडकछाप बाट प्रमुख पात्रक‍ो अर्थात नायक भई कलाकारिता सुरु गरेर चलचित्र तस्वीर र विरोधमा पनि प्रमुख भुमिका निर्वाह गरे ।

वि. स. २०६७ साल मा पदमा कुमारी फिल्मस प्रा लि फिल्म प्रोडक्सन संचालन ल्याउदै सोही ब्यानरमा चलचित्र वशमा छैन यो मन , म विर्सु कसरी, विरासत र डकुडामा चलचित्र देशले माग्दैन दिनु पर्छ र शहिद मेजर दुर्गा मल्ल निर्माण गरे ।

रिमेश अधिकारी आफ्नो एकल स्वामित्वमा रहेको प्रोडक्सन कम्पनी पदमा कुमारी फिल्मस प्रा लि लाई बन्द गरि अर्को प्रोडक्सन कम्पनी रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा लि संचालनमा ल्याई सोही कम्पनी बाट नेपालीकै गर्विलो ईतिहास नालापानिको युद्धमा आधारित एतिहासिक चलचित्र नालापानिको लेखन, निर्माण र निर्देशन गरि वि.स. २०७९ सालमा रिलिज समेत भै सकेको छ ।

अहिले नेपालकै दोस्रो ठूलो हत्याकाण्ड ऐतिहासिक विषयमा कोत पर्व निर्माणको प्रि प्रोडक्सनमा रहेको छ भने वि.स २०८० माघबाट छायांकनको तयारी थालेका छन 

Why Choose Me?

light composure
Professional skills
Perfect Equipment
Ultra HD
unic vision
focusing knowledges
This website uses cookies to improve your experience. Cookie Policy